निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकाबाट जिल्ला जाने यात्रुको चाप बढेको छ। गोंगबुस्थित नयाँ बसपार्कसहित चावहिल, कोटेश्वर, कलंकी, बल्खु र बालाजु क्षेत्रमा भीड बढेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार करिब साढे ९ लाख यात्रु उपत्यकाबाट बाहिरिने अनुमान छ।
स्वच्छ र भयरहित वातावरण सुनिश्चित गर्न भारत र चीनसँग जोडिएका सीमाक्षेत्रमा फागुन १८ मध्यरातदेखि २१ मध्यरातिसम्म आवतजावतमा रोक लगाइएको छ। आकस्मिक स्वास्थ्य सेवा बाहेक अन्य आवागमन पूर्ण रूपमा बन्द गरिएको प्रशासनले जनाएको छ।
