नेकपाको ओरालो यात्रा : १२ वर्षसम्म तेस्रो, अब चौथो

नेपाली कम्युनिस्ट पार्टीले इतिहासकै प्रतिकूलताको सामना गरेको छ । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा ७ सिट जितेर चौथो स्थानमा पुगेको छ । प्रत्यक्षतर्फ लज्जास्पद हार व्यहोर्दा समानुपातिकतर्फ पनि उत्साहजनक मत ल्याउन सकेको छैन ।

आइतबार अपरान्ह ५ बजेसम्म ४५ लाख ३० हजार ९१३ मत गणना हुँदा नेकपाले जम्मा तीन लाख चार हजार ६२ मत प्राप्त गरेको छ । २०५२–०६२ सालमा माओवादी सशस्त्र विद्रोहको रापताप र २०६२/६३ सालमा भएको जनआन्दोलनबाट स्थापित भएको नेकपाको अस्तित्व संकटमा पर्ने देखिन्छ । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका कारण तत्कालीन केपी ओली नेतृत्वको कांग्रेस–एमाले गठबन्धन सरकार ढलेपछि ताजा जनादेशका लागि पूर्वन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले संसद् विघटन गरी निर्वाचन घोषणा गरेको थियो । 

यस निर्वाचनमा तीन वर्ष अगाडि खुलेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुईतिहाइ सरकार बनाउने गरी अगाडि बढिरहँदा पुराना दल कांग्रेस, एमाले र नेकपा गम्भीर संकटमा धकेलिएका छन् । २०४६ सालमा राजनीतिक परिवर्तनपछि २०४८ सालमा भएको निर्वाचनमा तत्कालीन नेकपा एकता केन्द्रको खुला मोर्चा संयुक्त जनमोर्चाले ९ सिट जितेर तेस्रो दल बनेको थियो । 

Leave a Comment