नेकपा एमालेका सचिव महेश बस्नेतले भदौ २३ र २४ गतेको घटनाका छानबिन आयोगले अध्यक्ष केपी ओलीलाई दोषी देखाउने कुनै आधार नभएको बताएका छन्।
सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कार्की आयोगले दोषी देखाएको रहेछ भनेपनि अस्वीकार गर्ने बताए।
उनले भने, ‘हाम्रो अध्यक्षलाई दोषी देखाउने कुरा एक, दुई, तीन कहीँबाट पनि त्यो सम्भव छैन, कुनै आधार पनि छैन । देखाएको छ भने त्यो एकदम गम्भीर पूर्वाग्रह राखेर यो आयोगले रिपोर्ट प्रस्तुत गर्यो भन्ने लाग्छ ।
अध्यक्ष ओलीलाई दोषी देखाएको रहेछ भने के गर्नुहुन्छ? भन्ने जिज्ञासामा उनले थपे, ‘मुलुक द्वन्द्वमा जान्छ । अब कुन द्वन्द्वमा जान्छ, जनताले प्रतिवाद गर्छन्।
