निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । निर्वाचनको पूर्वसन्ध्यामा बुधवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभरका सबै मतदान केन्द्रहरूमा आवश्यक निर्वाचन सामग्रीहरू पुगिसकेको जानकारी दिएका हुन्  ।

मतदाताले निर्वाध रूपमा आफूलाई मन परेको उम्मेदवार र राजनीतिक दललाई मतदान गर्न पाउने गरी शान्ति सुरक्षाको अत्यन्तै भरपर्दो प्रवन्ध मिलाइएको आयोगले जनाएको छ । भण्डारीले निर्वाचनलाई केवल प्रतिनिधि छान्ने वा सरकार गठन गर्ने प्राविधिक प्रक्रियाका रूपमा मात्र नबुझ्न आग्रह गरे ।  निर्वाचनमार्फत नागरिकले कानून निर्माण र राज्य सञ्चालनको प्रक्रियामा प्रत्यक्ष रूपमा आफूलाई संलग्न गराउने अवसर पाउने कुरामा उनले बताए ।

Leave a Comment