प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाहीको पर्सा गाउँपालिका–४, जिगडवास्थित आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएका रघुनाथ महतो मङ्गलबार अचानक बेहोस भए । रौतहट घर भएका ४२ वर्षीय सिनियर अहेब महतोलाई निर्वाचनमा खटिएका सहकर्मीहरूले अस्पताल पुर्याए । प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा उनको निधन भयो ।
_wO5drJQi0U.jpg)
महतो रौतहटको माधव नारायण नगरपालिका–६ का बासिन्दा हुन् । उनी सर्लाहीको बरहथवा नगरपालिका–५ स्थित आधारभूत स्वास्थ्य केन्द्र बरहथवामा सिनियर अहेबको रूपमा कार्यरत थिए । उनको शव प्रादेशिक अस्पतालमा पोस्टमार्टम गरिएको छ । उनको मृत्युको कारण खुलेको छैन ।