काठमाडौं राष्ट्रिय आविष्कार केन्द्रले संघीय अस्पतालहरूमा बिग्रिएर थन्किएका ५०० उपकरणको मर्मत गरेका छन् । १७ वटै संघीय अस्पतालका बिग्रिएको उपकरणको मर्मत गर्ने राष्ट्रिय आविष्कार केन्द्रलाई दिइएको थियो ।

स्वास्थ्य तथा जनस‌ख्या मन्त्री पौडेलले गत भदौ १८ गते १७ वटै संघीय अस्पतालका उपकरणको अध्ययन र मर्मत गर्न केन्द्रका प्रमुख महावीर पुनसँग सम्झौता गरेका थिए ।

सम्झौतापछि हालसम्म १० वटा संघीय अस्पतालमा ५०० उपकरणको मर्मत भएको हो ।

६६१ वटा उपकरणको मूल्यांकन गरिएकामा ५०० को मर्मत सम्पन्न भएको केन्द्रका इञ्जिनियर उमेश किराँतीले जानकारी दिए । किराँतीका अनुसार केन्द्रले २३ लाख २० हजार रुपैयाँमा ती सामग्री मर्मत सम्पन्न गरेको हो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *