१५ दिनमै तलब दिन शुरु, आज पाए यी मन्त्रालयका कर्मचारीले तलब

 सरकारले संघीय निजामती कर्मचारीहरूलाई १५–१५ दिनमा पारिश्रमिक उपलब्ध गराउने कार्य आरम्भ गरेको छ। यो नयाँ व्यवस्था बुधबारदेखि कार्यान्वयनमा आएको हो। 

अर्थ मन्त्रालयमा आयोजित एक विशेष कार्यक्रमबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले १५ दिनमै कर्मचारीलाई तलब दिने कार्यको विधिवत् शुरुआत गरे।

अर्थमन्त्री वाग्लेले महालेखा नियन्त्रक कार्यालयको कम्प्युटरराइज्ड गभर्मेन्ट एकाउन्टिङ सिस्टम (सिगास) मार्फत कोष तथा लेखा नियन्त्रक कार्यालयमा भुक्तानी आदेश पठाएर यो प्रक्रियाको थालनी गरेका हुन्। मन्त्रीको योआदेशसँगै अर्थ मन्त्रालयका कर्मचारीहरूले वैशाख महिनाको पहिलो अर्धमासिक अर्थात् १५ दिनको पारिश्रमिक प्राप्त गरेका छन् । 

कार्यक्रममा अर्थमन्त्री वाग्लेले बजारलाई थप चलायमान बनाउन र उपभोग तथा मागमा वृद्धि ल्याउन सरकारले यस्तो नवीन निर्णय गरेको स्पष्ट प्रतिक्रिया दिए।

hernepadhne

Recent Posts

काठमाडौँमा २४ घण्टामा २७२२ सवारी चालकमाथि कारबाही, २७ लाख राजश्व संकलन

ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा पछिल्लो चौबीस घण्टामा दुई हजार ७२२ सवारी चालकलाई कारबाही गरेको छ। ट्राफिक…

4 days ago

गाडी भाडा ५ प्रतिशतले बढ्यो

यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले बढाएको छ।  इन्धनको बजार मूल्य ५ प्रतिशत…

4 days ago

महेश बस्नेतको चेतावनी- कार्की आयोगले ओलीलाई दोषी देखाएको रहेछ भने मुलुक द्वन्द्वमा जान्छ

 नेकपा एमालेका सचिव महेश बस्नेतले भदौ २३ र २४ गतेको घटनाका छानबिन आयोगले अध्यक्ष केपी…

2 months ago

काठमाडौं आइपुग्दै अमेरिकी सेनाका डेपुटी कमाण्डिङ जनरल जोयल

अमेरिकी सेनाका डेपुटी कमाण्डिङ जनरल जोयल भोवेल आज काठमाडौं आइपुग्दैछन्।  युएस आर्मी प्यासिफिकका भोवेल आज…

2 months ago

ग्यास लुकाउने र रिफिल गर्ने भण्डारी ट्रेडर्सलाई ५० हजार रुपैयाँ जरिवाना

कास्कीको पोखरा महानगरपालिका-६, जरेवरस्थित भण्डारी ट्रेडर्सले कृत्रिम अभाव सिर्जना गर्न ग्यास लुकाएको र एउटा सिलिन्डरबाट…

2 months ago

लेबनानमा नेपाली सेनाको बटालियनको हेडक्वार्टरमा आक्रमण

शुक्रबार राति इजरायली हवाई आक्रमणले दक्षिण लेबनानलाई निरन्तर लक्षित गर्दा कम्तीमा १३ जनाको मृत्यु भएको…

2 months ago