गाडी भाडा ५ प्रतिशतले बढ्यो

यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले बढाएको छ। 

इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार स्वचालित रुपमा अन्तर्प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्थाअनुसार भाडा बढाइएको हो। 

विभागका अनुसार यात्रुवाहक सवारी, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा बुधबारदेखि नै लागू हुने गरी वृद्धि गरिएको हो। 

डिजेलको औसत मूल्य प्रतिलिटर १८० रुपैयाँ ८३ पैसामा यही वैशाख ३ मा प्रतिलिटर ५५ रुपैयाँ बढेर औसत बजार मूल्य प्रतिलिटर २३५ रुपैयाँ ८३ पैसा कायम हुन आएको र यसरी कायम भएको मूल्यवृद्धि गत चैत २५ मा भएको भाडा समायोजनको समयमा रहेको डिजेलको औसत बजार मूल्यभन्दा ३०.४१ प्रतिशतले वृद्धि भएकोले भाडा बढाउनुपरेको विभागको स्पष्टोक्ति छ। 

hernepadhne

Recent Posts

१५ दिनमै तलब दिन शुरु, आज पाए यी मन्त्रालयका कर्मचारीले तलब

 सरकारले संघीय निजामती कर्मचारीहरूलाई १५–१५ दिनमा पारिश्रमिक उपलब्ध गराउने कार्य आरम्भ गरेको छ। यो नयाँ…

3 days ago

काठमाडौँमा २४ घण्टामा २७२२ सवारी चालकमाथि कारबाही, २७ लाख राजश्व संकलन

ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा पछिल्लो चौबीस घण्टामा दुई हजार ७२२ सवारी चालकलाई कारबाही गरेको छ। ट्राफिक…

4 days ago

महेश बस्नेतको चेतावनी- कार्की आयोगले ओलीलाई दोषी देखाएको रहेछ भने मुलुक द्वन्द्वमा जान्छ

 नेकपा एमालेका सचिव महेश बस्नेतले भदौ २३ र २४ गतेको घटनाका छानबिन आयोगले अध्यक्ष केपी…

2 months ago

काठमाडौं आइपुग्दै अमेरिकी सेनाका डेपुटी कमाण्डिङ जनरल जोयल

अमेरिकी सेनाका डेपुटी कमाण्डिङ जनरल जोयल भोवेल आज काठमाडौं आइपुग्दैछन्।  युएस आर्मी प्यासिफिकका भोवेल आज…

2 months ago

ग्यास लुकाउने र रिफिल गर्ने भण्डारी ट्रेडर्सलाई ५० हजार रुपैयाँ जरिवाना

कास्कीको पोखरा महानगरपालिका-६, जरेवरस्थित भण्डारी ट्रेडर्सले कृत्रिम अभाव सिर्जना गर्न ग्यास लुकाएको र एउटा सिलिन्डरबाट…

2 months ago

लेबनानमा नेपाली सेनाको बटालियनको हेडक्वार्टरमा आक्रमण

शुक्रबार राति इजरायली हवाई आक्रमणले दक्षिण लेबनानलाई निरन्तर लक्षित गर्दा कम्तीमा १३ जनाको मृत्यु भएको…

2 months ago