काठमाडौं आइपुग्दै अमेरिकी सेनाका डेपुटी कमाण्डिङ जनरल जोयल

अमेरिकी सेनाका डेपुटी कमाण्डिङ जनरल जोयल भोवेल आज काठमाडौं आइपुग्दैछन्। 

युएस आर्मी प्यासिफिकका भोवेल आज भुटान हुँदै नेपाल आउन लागेको नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिए। उनी नेपालमा तीन दिन बस्ने प्रवक्ता बस्नेतको भनाइ छ। 

यसअघि फागुन १ गते युएस इण्डो प्यासिफिक कमाण्डका जनरल सामुयल जे पापारो आएका थिए। उनले त्यसबेला परराष्ट्रमन्त्री बालानन्द शर्मा र प्रधान सेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेर पाँचखालस्थित तालिम केन्द्रको अवलोकन गरेका थिए।

भोवेलले पाँचखालस्थित शान्ति निर्देशनालयको पनि भ्रमण गर्ने कार्यक्रम छ। 

भ्रमणका क्रममा भोवेलले प्रधानसेनापति सिग्देललगायत उच्च अधिकारीहरुसँग भेट गर्ने छन्। उनले  यसअघि नयाँ दिल्लीमा भारतीय सेना प्रमुखसँग भेटवार्ता गरिसकेका छन्।

hernepadhne

Recent Posts

१५ दिनमै तलब दिन शुरु, आज पाए यी मन्त्रालयका कर्मचारीले तलब

 सरकारले संघीय निजामती कर्मचारीहरूलाई १५–१५ दिनमा पारिश्रमिक उपलब्ध गराउने कार्य आरम्भ गरेको छ। यो नयाँ…

2 months ago

काठमाडौँमा २४ घण्टामा २७२२ सवारी चालकमाथि कारबाही, २७ लाख राजश्व संकलन

ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा पछिल्लो चौबीस घण्टामा दुई हजार ७२२ सवारी चालकलाई कारबाही गरेको छ। ट्राफिक…

2 months ago

गाडी भाडा ५ प्रतिशतले बढ्यो

यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले बढाएको छ।  इन्धनको बजार मूल्य ५ प्रतिशत…

2 months ago

महेश बस्नेतको चेतावनी- कार्की आयोगले ओलीलाई दोषी देखाएको रहेछ भने मुलुक द्वन्द्वमा जान्छ

 नेकपा एमालेका सचिव महेश बस्नेतले भदौ २३ र २४ गतेको घटनाका छानबिन आयोगले अध्यक्ष केपी…

3 months ago

ग्यास लुकाउने र रिफिल गर्ने भण्डारी ट्रेडर्सलाई ५० हजार रुपैयाँ जरिवाना

कास्कीको पोखरा महानगरपालिका-६, जरेवरस्थित भण्डारी ट्रेडर्सले कृत्रिम अभाव सिर्जना गर्न ग्यास लुकाएको र एउटा सिलिन्डरबाट…

3 months ago

लेबनानमा नेपाली सेनाको बटालियनको हेडक्वार्टरमा आक्रमण

शुक्रबार राति इजरायली हवाई आक्रमणले दक्षिण लेबनानलाई निरन्तर लक्षित गर्दा कम्तीमा १३ जनाको मृत्यु भएको…

3 months ago