राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)ले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई(साम्पाङ)लाई आफ्नो सधैँ माया रहने प्रतिक्रिया दिएका छन् ।
आइतबार सुनसरी–१ मा विजयी भएपछि हर्कले आफू पहिलो भएको खुसी फेसबुकमा उल्लेख गरेका थिए । ‘लु अब चाहीँ सुनसरी–१ बाट म पहिलो भएको घोषणा गर्दछु । जय माटो, जय देश, जय श्रम संस्कृति,’ हर्कले लेखेका छन् ।
जसको कमेन्टमा आएर बालेनले प्रतिक्रिया जनाउँदै लेखेका छन्, ‘तपाईँलाई सधैँ माया थियो । छ र रहन्छ । तपाईँ र धरानलाई सधैँ माया छ ।’
२०७९ को स्थानीय तह निर्वाचनमा बालेन र हर्क दुवै स्वतन्त्रबाट ‘लौरो’ चुनाव चिन्ह लिएर लडेका थिए । जसमा बालेन काठमाडौं महानगरको मेयरमा निर्वाचित हुँदा हर्क धरान उपमहानगरपालिकाको मेयर जितेका थिए ।
सरकारले संघीय निजामती कर्मचारीहरूलाई १५–१५ दिनमा पारिश्रमिक उपलब्ध गराउने कार्य आरम्भ गरेको छ। यो नयाँ…
ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा पछिल्लो चौबीस घण्टामा दुई हजार ७२२ सवारी चालकलाई कारबाही गरेको छ। ट्राफिक…
यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले बढाएको छ। इन्धनको बजार मूल्य ५ प्रतिशत…
नेकपा एमालेका सचिव महेश बस्नेतले भदौ २३ र २४ गतेको घटनाका छानबिन आयोगले अध्यक्ष केपी…
अमेरिकी सेनाका डेपुटी कमाण्डिङ जनरल जोयल भोवेल आज काठमाडौं आइपुग्दैछन्। युएस आर्मी प्यासिफिकका भोवेल आज…
कास्कीको पोखरा महानगरपालिका-६, जरेवरस्थित भण्डारी ट्रेडर्सले कृत्रिम अभाव सिर्जना गर्न ग्यास लुकाएको र एउटा सिलिन्डरबाट…