१५५ स्थानको मतगणना सार्वजनिक, रास्वपाका ११९ उम्मेदवार विजयी

प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म ११९ क्षेत्रमा विजयी भएको छ।

आज साँझ ५ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले छ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहेका छन्।

निर्वाचन आयोगका अनुसार हालसम्म १५५ स्थानको मतगणना सार्वजनिक भएकामा नेपाली कांग्रेसले १७ क्षेत्रमा जित हासिल गरेको छ। त्यस्तै, नेकपा (एमाले) सात स्थानमा विजयी भएको छ भने तीन स्थानमा अगाडि रहेको छ।

आयोगका अनुसार नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट हालसम्म सात उम्मेदवार विजयी भएका छन्। यस्तै, श्रम संस्कृति पार्टीका तीन जना उम्मेदवार विजयी बनेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक-एक स्थानमा विजयी भएका छन्।

समानुपातिक निर्वाचनतर्फ हालसम्म ४५ लाख ३० हजार ९१३ मतगणना सम्पन्न भएको छ। त्यसमध्ये रास्वपाले २२ लाख ३९ हजार ८७०, कांग्रेसले सात लाख ६० हजार ४८५, एमालेले छ लाख ४६ हजार ७७० र नेकपाले तीन लाख चार हजार ६२, राप्रपाले एक लाख ६३ हजार १५१ र श्रम संस्कृति पार्टीले एक लाख सात हजार ३२ मत प्राप्त गरेको छ।

hernepadhne

Recent Posts

१५ दिनमै तलब दिन शुरु, आज पाए यी मन्त्रालयका कर्मचारीले तलब

 सरकारले संघीय निजामती कर्मचारीहरूलाई १५–१५ दिनमा पारिश्रमिक उपलब्ध गराउने कार्य आरम्भ गरेको छ। यो नयाँ…

2 months ago

काठमाडौँमा २४ घण्टामा २७२२ सवारी चालकमाथि कारबाही, २७ लाख राजश्व संकलन

ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा पछिल्लो चौबीस घण्टामा दुई हजार ७२२ सवारी चालकलाई कारबाही गरेको छ। ट्राफिक…

2 months ago

गाडी भाडा ५ प्रतिशतले बढ्यो

यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले बढाएको छ।  इन्धनको बजार मूल्य ५ प्रतिशत…

2 months ago

महेश बस्नेतको चेतावनी- कार्की आयोगले ओलीलाई दोषी देखाएको रहेछ भने मुलुक द्वन्द्वमा जान्छ

 नेकपा एमालेका सचिव महेश बस्नेतले भदौ २३ र २४ गतेको घटनाका छानबिन आयोगले अध्यक्ष केपी…

3 months ago

काठमाडौं आइपुग्दै अमेरिकी सेनाका डेपुटी कमाण्डिङ जनरल जोयल

अमेरिकी सेनाका डेपुटी कमाण्डिङ जनरल जोयल भोवेल आज काठमाडौं आइपुग्दैछन्।  युएस आर्मी प्यासिफिकका भोवेल आज…

3 months ago

ग्यास लुकाउने र रिफिल गर्ने भण्डारी ट्रेडर्सलाई ५० हजार रुपैयाँ जरिवाना

कास्कीको पोखरा महानगरपालिका-६, जरेवरस्थित भण्डारी ट्रेडर्सले कृत्रिम अभाव सिर्जना गर्न ग्यास लुकाएको र एउटा सिलिन्डरबाट…

3 months ago